|

कृषि उपजमा आधारित खाद्य प्रशोधन प्रविधिको विकास एवम् प्रसार, देशका विभिन्‍न भागको पोषण स्थिति सर्वेक्षण र उपभोक्ताहरुको लागि गुणस्तरीय खाद्य पदार्थ आपूर्तिको लागि खाद्य ऐन नियमको तर्जुमा गर्दै जाने उद्देश्य वि.सं. २०१८ सालमा खाद्य विभागको स्थापना भएको थियो । खाद्य अनुसन्धानशालाको नामले विभागको बबरमहलमा स्थापना भएपछि वि.सं. २०२३ सालमा खाद्य ऐन र वि.सं. २०२७ मा खाद्य नियमावली तर्जुमा भई लागू भएको देखिन्छ । त्यस्तै पशुपालन एवं कुखुरा पालनको लागि गुणस्तरयुक्त दाना आपूर्ति होस् भन्‍ने हेतुले वि.सं. २०३३ सालमा दाना ऐन र वि.सं. २०४१ सालमा दाना नियमावली लागू भएपछि खाद्य एवम् दाना पदार्थको गुण नियन्त्र‍‍ण कार्यमा विभाग र अन्तर्गत कार्यालयहरुबाट कार्य सम्पादन हुदै आएको छ । यसै बिच वि.सं. २०३७ सालमा बिभागको नाम केन्द्रिय खाद्य अनुसन्धानशाला भएकोमा वि.सं. २०५७ श्रावण २३ बाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रुपमा स्थापित भएपछि खाद्य एवम् पशुपंक्षीका दानाको गुण नियन्त्रण, केन्द्रीय खाद्य प्रयोगशाला सेवा, खाद्य प्रविधि विकास एवम् प्रसार, राष्ट्रिय पोषण कार्यक्रम र SPS (Sanitary & Phyto-Sanitary) इन्‍क्‍वारी पोइन्ट सम्बन्धी कार्य गर्दै आएको छ । विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु विराटनगर, हेटौंडा, भैरहवा, नेपालगन्ज र धनगढी तथा स्याउ प्रशोधन केन्द्र जुम्ला तथा वि.सं. २०६१ वैशाख देखि खाद्य क्‍वारेन्टाइन प्रयोगशालाहरु (काकडभिट्टा, वीरगंज, तातोपानी, महेन्द्रनगर), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खाद्य निरिक्षण इकाइ तथा २० जिल्लामा जिल्ला खाद्य निरिक्षण इकाइहरुको व्यवस्था गरिएको थियो ।

 

    वि.सं. २०७५ साल श्रावण महिना देखि संघिय एवम् प्रादेशिक संरचना अनुसार जनकपुरमा थप खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना तथा खाद्य निरिक्षण इकाईहरु खारेज भई २४ वटा डिभिजन कार्यालयहरुको स्थापना भएको छ । यसैगरी खाद्य क्‍वारेन्टाईन प्रयोगशालाको नाम परिवर्तन भई खाद्य आयात निर्यात गुण प्रमाणिकरण कार्यालय भएको तथा थप भन्सार नाकाहरुमा समेत गरी १२ वटा खाद्य आयात निर्यात गुण प्रमाणिकरण कार्यालय स्थापना भएको छ ।

 

   पुर्वाञ्चल क्षेत्रमा उपभोक्ताको स्वास्थ्य रक्षाको लागि खाद्य गुण नियन्त्रण गर्न र खाद्य पोषण तथा प्रविधि प्रसार गर्न वि.सं. २०३५ सालमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा पूर्वाञ्चल खाद्य प्रयोगशाला को रुपमा यस क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको स्थापना भएको थियो । वि.सं. २०४६ सालमा यस कार्यालयको नाम पुर्वाञ्चल खाद्य विश्लेषण प्रयोगशाला नामाकरण गरियो । वि.सं. २०५० मा पुनः यस कार्यालयको नाम परिवर्तन गरि क्षेत्रीय खाद्य विश्लेषण प्रयोगशाला नामाकरण गरियो । वि.सं. २०५२ सालमा यस कार्यालयको नाम क्षेत्रीय खाद्य प्रयोगशाला रहन गयो । यस प्रयोगशालालाई सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरि मोरंङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा वि.सं. २०५३ भाद्र ३१ मा स्थानान्तर गरियो । वि.सं. २०५७ श्रावण २३ गतेबाट यस कार्यालयको नाम क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रहन गयो । वि.सं. २०७१ साल फागुन देखि यस क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आफ्नै प्राङ्गणमा नव-निर्मित भवनबाट सेवा प्रदान गरिरहेको छ । वि.सं. २०७५ साल श्रावण महिना देखि कार्यालयको नाम परिवर्तन भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भएको छ । यस कार्यालय अन्तर्गत झापा, सुनसरी, धनकुटा तथा उदयपुरमा गरी चारवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु समेत स्थापना भएका छन् ।

Visitors Counter

527483
Today
Yesterday
This Week
Last Week
This Month
Last Month
All days
111
280
3075
523552
3488
11416
527483

Your IP: 18.216.7.205
2025-05-09 10:50

Like Us on Facebook

सम्पर्क

ठेगाना: बिराटनगर, नेपाल

ईमेल: rftqcobrt@gmail.com

फोन: ०२१-४७०८२८ , ०२१-४७०२२१

 

hello