|

यस कार्यालयका मूख्य उद्देश्य निम्नानुसार छन्ः

  • यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनमा रहि खाद्य वस्तुको उत्पादनस्तर देखि बिक्री/ वितरण एवम् आयत/ निर्यात सम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण/ प्रमाणिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिने ।
  • दाना ऐन २०३३ अनुरुप दाना जन्य पदार्थको गुणस्तर नियमन गरि स्वस्थ एवम् स्तरीय दाना आपूर्ति व्यवस्थामा टेवा पुर्‍याउने ।
  • खाद्य ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न यस पूर्वाञ्चल क्षेत्रमा प्राप्त खाद्य नमूनाहरुको जाँच परीक्षण र सेवा ग्राहीको माग अनुसार सरल एवम् छिटो/ छरितो प्रयोगशाला सेवा दिने ।
  • खाद्य तथा दाना उद्योगहरुको नियमित निरीक्षण गर्ने र उद्योगहरुलाई अनुज्ञापत्रको दायरा भित्र ल्याउने साथै खाद्य उद्योगहरुको सिफारिस, उद्योग अनुज्ञापत्र जारी तथा नविकरण गर्ने प्रकृयालाई सहज तथा प्रभावकारी तुल्याउने ।
  • फलफूलमा आधारीत खाद्य प्रशोधन, संरक्षण तथा संचयन सम्बन्धी शिपमूलक एवम् पोषण सम्बन्धी तालिमहरु संचालन गरि खाद्य प्रौद्योगिकरणमा टेवा पुर्‍याउने ।
  • न्यून गुणस्तर र दुषित खाद्य तथा दाना वस्तुहरुको उत्पादनस्तर देखि बिक्री/ वितरण तथा आयात/ निर्यातको तहसम्म कार्य गर्ने व्यक्ति तथा फर्म उपर खाद्य ऐन २०२३ वमोजिम कार्यवाही गर्ने ।
  • आम उपभोक्ता तथा विद्यालयका बालबालिकाहरुलाई जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले खाद्य स्वच्छता, गुणस्तर तथा पोषण सम्बन्धी स्थानीयस्तरमा सूचना सन्देश प्रसारण, खाद्य स्वच्छता शिक्षा अभियान कार्यक्रम संचालन गर्ने ।
  • बजार निरिक्षण, होटल, रेष्टुरेण्ट, मिठाई पसलको निरिक्षण र खाद्य स्वच्छता कायम गरि उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने ।
  • उपभोक्ता वर्गमा खाद्य स्वच्छता सम्बन्धमा सचेतना गर्ने उद्देश्यले दुर्गम तथा पहाडी क्षेत्रको लागि लक्षित उपभोक्तामूखी कार्यक्रम (उद्योग तथा बजार निरिक्षण/ नमुना संकलन/ उपभेक्ता भेला) संचालन गर्ने ।
  • घरेलु उद्योगका समस्या समाधान तथा कृषिजन्य उद्योगको स्थापना तथा उद्योग सञ्चालनका क्रममा आईपरेका प्राविधिक समस्या समाधानका लागि निःशुल्क परामर्श सेवा दिने ।

Visitors Counter

387850
Today
Yesterday
This Week
Last Week
This Month
Last Month
All days
73
236
2304
384407
24103
13387
387850

Your IP: 44.192.71.254
2024-03-29 11:43

Like Us on Facebook

सम्पर्क

ठेगाना: बिराटनगर, नेपाल

ईमेल: rftqcobrt@gmail.com

फोन: ०२१-४७०८२८ , ०२१-४७०२२१

 

hello